अर्थतन्त्रलाई ‘सक ट्रिटमेन्ट’ दिने अर्जेन्टिनाका नयाँ  राष्ट्रपतिको घोषणा

४ महिना अगाडि

काठमाडौं – दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका नयाँ राष्ट्रपति हाभियर मिलेले चरम मन्दीबाट गुज्रिरहेको अर्थतन्त्रलाई ‘सक ट्रिटमेन्ट’ दिने बताएका छन्। राष्ट्रपति पदको सपथ लिएपछि उनले देशको अर्थव्यस्थाप्रति चिन्ता व्यक्त गर्दै सो कुरा बताएका हुन्।

सम्बोधनका क्रममा उनले देशसँग पैसा नभएको भन्दै सरकारको खर्च घटाउने र बजेट घाटालाई पनि कम गर्ने बताए। त्यसका लागि कठोर निर्णय लिने संकेत गर्दै उनले ‘सक ट्रिटमेन्ट’को आवश्यकता रहेको बताएका हुन्।
पपुलिस्ट नेताका रुपमा हेरिएका हाभियरले निर्वाचनकै बेला अर्जेन्टिनाको खराब अर्थतन्त्रलाई सुधार्न प्रयास गर्ने वाचा गरेका थिए।

‘ बटमलाइन भनेको खर्च कटौतीको कुनै विकल्प छैन। र, सक ट्रिटमेन्टको विकल्प पनि छैन,’ उनले आउने दिनमा आर्थिक संकटको प्रभाव बढ्ने भन्दै उनले सपथपछि ब्रुनो एरिसमा आयोजित विशालसभामा शुभचिन्तकसँग खुसी बाँडेका थिए। त्यसैक्रममा उनले अर्जेन्टिनामा दशकौंदेखिको ‘लक्जरी’ जीवनशैलीलाई परिवर्तन गर्ने बताए। हाल अर्जेन्टिनामा आर्थिक मन्दीको प्रभाव १४० प्रतिशतभन्दा माथि छ।

अन्तर्राट्रिय मुद्रा कोषका अनुसार अर्जेन्टिनाको अर्थतन्त्र हाल ‘डिप रिसेसन’मा छ। त्यहाँको गरिबी ४० प्रतिशतले बढेको छ।

४ महिना अगाडि

प्रतिक्रिया