काठमाडौं । यतिबेला दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ ।
मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उब्जिएको अवस्था छ । यहीँ विवादको बिचमा बीमा कम्पनीहरुले दिर्घकालीन लगानी अन्तर्गत एनसेलको शेयर किन्ने तयारीमा जुटेको छ ।
हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरूले साढे ६ अर्ब रुपैयाँ भन्दा बढी मूल्य तिरेर एनसेलको सेयर किन्ने विषयमा छलफल भईरहेको स्रोतको जानकारी छ । जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच एनसेलको सेयर खरिद विषय चलिरहेको हो। एनसेल खरिद गर्न अनुमति दिने हो बीमा कम्पनीहरू सेयर किन्न तयार रहेको जीवन बीमकहरुको धारणा रहेको छ ।
बीमा कम्पनीहरुको लागि दिर्घकालीन लगानीको लागि एउटा उत्तम विक्लप रहेको कारण सो बिषयमा नियामक निकाय बीमा प्राधिकरण पनि सकारात्मक रहेको छ ।
हाल संचालमा रहेका जीवन बीमा कम्पनीले संयुक्त रुपमा लगानी गर्ने बिषयमा सिईओहरुबीच छलफल चलिरहेको छ । जीवन बीमा कोष लगायत दीर्घकालिन प्रकृतिको कोषमा रकम वृद्धि हुँदै जाँदा जीवन बीमा कम्पनीहरुले दीर्घकालिन प्रकृतिको लगानीको क्षेत्र खोजिरहेका छन् ।
प्रतिक्रिया