साताको समीक्षा : ५ प्रतिशत भन्दा धेरैले बढ्यो नेप्से, समग्र कारोबार कस्तो रह्यो ?

शनिबार, ०७ पुस २०८०, ०७ : ५७

काठमाडौं । यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत भन्दा बढी अकंले बढेर बन्द भएको छ। गत सता १९९४.६० विन्दुमा बन्द भएको नेप्से, यस साता ५.७४ प्रतिशत अर्थात ११४.५० अंक बढेर २१०९.१० विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो लागेको थियो भने एक कारोबार साताको अन्तिम दिन नेप्से घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स २०.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६ अंक बढेको छ।

image

 

त्यसैगरी यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब २६ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८७.४५ प्रतिशत बढी हो। यस साता नेप्सेको दैनिक औषत शेयर संख्या ८३.५५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४९.१७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे ६ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ९९ अर्ब रुपैयाँ बढेर ३२ खर्ब ७६ अर्ब पुगेको छ। यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १९.२८ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। 

गत साता ५१४६.०५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९९२.३८ अंक बढेर ६१३८.४३ विन्दुमा पुगेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६८ प्रतिशत घटेको छ।
 

शनिबार, ०७ पुस २०८०, ०७ : ५७

प्रतिक्रिया