हिमालयन रिको आईपीओ आज बाँडफाँड हुँदै कतिले पाउलान् ?

बुधबार, ११ पुस २०८०, ०७ : ३६

काठमाडौंं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ आज (पुस ११ गते) वितरण हुँदैछ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो। कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन दिएका छन् ।

यस कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ । कम्पनीले मंसिर २७ गतेबाट शेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले शेयर बिक्रि खुला गरेको थियो।

बुधबार, ११ पुस २०८०, ०७ : ३६

प्रतिक्रिया