६ कम्पनीको संस्थापक शेयर एकैसाथ बिक्रीमा, आवदेन कसले दिन पाउछन् ?

बुधबार, ११ पुस २०८०, ०७ : ५२

काठमाडौं । यी ६ वटा कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा ल्याएका छन्। कम्पनीहरूले बिक्री खुला गरेको उक्त संस्थापक शेयरमा आज (पुस ११ गते) देखि पुस १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीको जानकारी छ।

गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.ली.को स्वामित्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २४ हजार ८३३ कित्ता शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री खुला गरिएको छ। लगानीकर्ताले घटीमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

त्यस्तै, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.ली.को स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको १ लाख ९ हजार ६७८ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १२० रुपैयाँमा बिक्री खुला गरिएको छ। खरिदकर्ताले घटीमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

त्यसै गरी, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ५ लाख २३ हजार ११२ कित्ता शेयर प्रतिकित्ता न्यूनतम ३२५ रुपैयाँमा बिक्री खुला गरिएको छ । आवेदकले घटीमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

यता प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.ली.र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.ली.को स्वामित्वमा रहेको आइसिएफसि फाइनान्स लिमिटेडको क्रमशः ९२ हजार ६१६ र १ लाख ६१२ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १७५ रुपैयाँमा बिक्री खुला गरिएको छ । यसमा घटीमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.ली.को स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता शेयर प्रतिकित्ता न्यूनतम ११० रुपैयाँमा बिक्री खुला गरिएको छ। यसमा घटीमा ५ हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

त्यसै गरी, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.ली.को स्वामित्वमा रहेको कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्री खुला गरिएको छ। लगानीकर्ताले घटीमा २५ हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

यी कम्पनीहरुको शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा जो–कोहीले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर र सोको मूल्यसमेत खुलाई बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल थापाथली, काठमाडौँमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
 

बुधबार, ११ पुस २०८०, ०७ : ५२

प्रतिक्रिया