तिन कम्पनीले दिए आईपीओ निष्कासनको लागि सेबोनमा  निवेदन

४ महिना अगाडि

काठमाडौँ- धितोपत्र बोर्डमा तीन फरक फरक जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवेदन दिएका छन् ।

निवेदन दिनेमा विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल रहेका छन् ।

यी तीनै वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६८ लाख ३५ हजार ७९७ कित्ता शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

विकास हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६  कित्ता सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ।धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
त्यस्तै, रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यसैगरी,लाफिङ्ग बुद्ध पावर नेपालले ६५ लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ।

धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

४ महिना अगाडि

प्रतिक्रिया