अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयर बिक्रीमा

४ महिना अगाडि

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । 

कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ । 

सो शेयर खरिद गर्न योग्य एवम् इच्छुक जोकोहीले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई पुस १३ गतेदेखि २९ गतेभित्र आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । आवेदन कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं वा सह निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी गर्न सकिनेछ ।

४ महिना अगाडि

प्रतिक्रिया