बरुण हाइड्रो पावर पनि समस्यामा, शेयरधनीलाई पर्ने छ यस्तो प्रभाव

४ बर्ष अगाडि

काठमाडौं – बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमाससम्ममा रु २१ लाख ५४ हजार नोक्सान गरेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा पनि रु ५५ लाख नोक्सानमा रहेको थियो । रु २५ करोड ५१ लाख चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा रु २ करोड ५३ लाख राखिएको छ । कम्पनिको बिक्री तर्फ रु १ करोड ८ लाख पुगेको छ । कम्पनीले रु ९ लाख लगानी गरेको छ ।

बरुण हाईड्रोपावरको सञ्चालन मुनाफा ३६ दशमलव २९ प्रतिशतले बढेर रु १ करोड ८ लाख पुगेको छ ।

बरुण हाईड्रोपावरको प्रतिशेयर आम्दानी ९ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ५५ गुणा, प्रतिशेयर नेटवर्थ १०९ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात १ दशमलव ९ प्रतिशत रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया