गुराँस लघुवित्तको आइपीओ बाँडफाँट: अधिकांश लगानीकर्ताको हात खाली

४ बर्ष अगाडि

काठमाडौँ – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) बिहीबार बाँडफाँड भएको छ ।
रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले सेयर हात पारेका छन् । उनीहरुलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।
 
गुराँसको आइपीओमा ५५ लाख ४५ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो ।
यो आवेदन माग भन्दा २३.८० गुण बढी हो । कम्पनीले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

आवेदनको ढिलो अवधि जेठ १४ गतेसम्मको मिति रहे पनि मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र नै विक्री बन्द भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया