डेढ करोड महसुल उठ्न बाँकी

४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट साढे १ करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महिनादेखि २२ महिनासम्म महसुल नबुझाएका १ हजार २४३ ग्राहकबाट जरिबानाबाहेक १ करोड ४० लाख ९५ हजार १ सय ८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ ।

सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको ६ लाख १९ हजार ५०४ विद्युत् महसुल बाँकी रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लमहीको १ लाख ७५ हजार ७२४, मनकामना एग्रिगेट बालुवा उद्योगको १ लाख ४ हजार, चिरण राइस मिल (पाण्डे राइस आयल मिल) को ४ लाख ७८ हजार ७४६, खानेपानी योजनाको १ लाख ६७ हजार, खड्का सःमिलको १ लाख ६७ हजार १५०, लमही नगर विकास समितिको ५१ हजार महसुल बाँकी छ ।

बगिया खानेपानी भैसहवाको १ लाख ९७ हजार, छम्पाली आयल मिलको १ लाख नौ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको ६४ हजार, नर्ति रेन्जपोस्टकाे  ५३ हजार, राप्ती उद्यम प्रालिको ३ लाख १५ हजार, भन्सार कार्यालयको ५७ हजार, हमाल राइस तथा आयल मिलको ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको १ लाख १२ हजार, गोराराम बोहोराले ३ लाख ६४ हजार विद्युत् महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योगको महसुल बाँकी छ । उनले महसुल नबुझाएका ग्राहकको तत्काल विद्युत् लाइन काटिने बताए । मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान रहे पनि उपवितरण केन्द्र लमहीले २२ महिनासम्म पनि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन काट्न भने सकेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया