नेपाल बंगलादेश बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै , के छ विचार ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल बंगलादेश बैंकले एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र बिक्री  गर्ने भएको छ ।

बैंकले रु २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । प्रतिइकाई रु १ हजारको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको छ । जसमा ८ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने छन भने १२ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री जनाएको छ ।

उक्त ऋणपत्रमा जेठ १० गतेदेखि छिटोमा १४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा नबिकेको खण्डमा असार ८ गतेसम्म आवेदन दिने सकिने बताइएको छ । उक्त ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । उक्त एनबिबिएल डिबेन्चमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने छ । ऋणपत्रको अवधि १० वर्षको रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया