आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मान

४ बर्ष अगाडि

काठमाडौं – नेपाल क्योकुशिन बुदो करात साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै सम्मान गरेको हो । बैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ६० किलो तौल भन्दा कममा स्वर्ण जित्न सफल सन्तोष कुमार लामा,उत्सुबाट स्वर्ण जितेकी विन्दु पुन र रजत विजेता विनोद निरौलालाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको हो । त्यस्तै आठौंमा उत्कृष्ट प्रर्दशन गरेका तर पदक जित्न नसकेका निसा बोहोरा र विनोद थापालाई पनि प्रत्साहन स्वरुप  इन्टरनेशनलले समान्न गर्यो । अध्यक्ष भुषण महर्जन,प्रशिक्षक राम बहादुर बमजन,सदस्य तथा पुर्व खेलाडी सोनु महर्जन, महासचिव अजय महर्जन लगातले नगद सहित खादा लगाएर प्रमाण प्रत्र प्रदान गर्दै सम्मान गरेका थिए । 

त्यस्तै संघले कार्यक्रममा यूकेबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणपत्र  विभिन्न जिल्लाका ३० जना खेलाडीलाई प्रदान गरेको छ । राष्ट्रिय प्रमाणपत्र १२ जना खेलाडीलाई प्रदान गरेको थियो । देशभरका १८ जिल्लाबाट ४२ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्टिय प्रमाणपत्र प्राप्त गरेका थिए । क्योकुशिन बुदो कराते इन्टरनेशनल एक वर्ष अघि स्थानपना भएको थियो । एकै वर्षमा इन्टरनेशनलले राम्रो सफलता हात पार्न सफल भएको छ । सम्मानपछि बोल्दै प्रशिक्षक राम बहादुर बमजनले सबै खेलाडीलाई आगमी दिनमा उत्कृष्ट प्रर्दशन गर्न सुझाब दिए । प्रशिक्षक बमजनले खेलाडीलाई निरन्तर मेहिनत गर्न आग्रह पनि गरे । 

क्योकुशिन बुदो करात इन्टरनेशनलका अध्यक्ष भुषण महर्जनले खेलाडीको प्रर्दशनले आफु खुसि र उत्साहित भएको बताए । सबैको सहयोग र साथले यो सफलता हात पारेको भन्दै महर्जनले आफ्नो सम्पूर्ण टिमलाई धन्यावाद दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया