वल्र्डलिंकद्वारा नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९ शुरु

जेठ १८, २०७६ | आजको अर्थ
ajaako_artha

 काठमांडौ – इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक “नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९“ आयोजना गरेको छ ।

प्रतियोगितामा काठमांडौबाट ८ वटा कलेज तथा काठमांडौ बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् । यस प्रतियोगिता जून १ ,२०१९ बाट शूरु भएर जून ३० ,२०१९ सम्म संचालन हुनेछ ।

३० दिन सम्म संचालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने हुन्छ र सोही रणनितिहरु प्रतियोगिताको निर्णायक मण्डलसामुु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने छ ।

यस प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप रु. २,५०,०००, दास्रो स्थान प्राप्त हुने कलेजलाई रु. १,००,००० र तेस्रो स्थान प्राप्त हुने कलेजलाई रु. ७५,००० प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८