सधै घाटा कै रिपोर्ट देखाउने भए किन चलाउनु हाइड्रोपावर कम्पनी

४ बर्ष अगाडि

काठमाडौं - पञ्चकन्या समूहद्धारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रोपावरको  वार्षिक साधारण सभासम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

 इलाम जिल्लामा १२ मेगावाट क्षमताको अप्पर माई र ६ दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई सी जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न गरी राष्ट्रिय वितरण प्रणालीमा जोडिसकेको छ ।

त्यस्तै, कम्पनीले दुईवटा आयोजनाहरुमध्ये अप्पर माई जलविद्युत आयोजनाको व्यवसायीक उत्पादन २०७३ साल असार ९ गते देखि शुरु गरी संचालनमा ल्याएको जनाएको छ ।

यी आयोजनाहरुबाट उत्पादित विद्युत सो कम्पनीले निर्माण गरेको १८ दशमलव ५ किमी लामो माबु–गोदक १३२ के.भी. प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको इलामको गोदक सबस्टेशनको राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनीको रु  ३ करोड ९६ लाख १ हजार नोक्सानमा रहेको छ । यो सँगै अन्य हाइड्रोपावरले पनि घाटा देखाउने गरेका छन् । हाइड्रोपावरले यसरी सधै नोक्सान मात्र देखाउने हो भने  कम्पनी किन चलाउनुपर्याे भन्ने प्रश्न उठ्न थालेको छ । 

गत वर्ष कम्पनीले  रु २७ करोड ३४ लाख ५५ हजार  सञ्चालन आम्दानी गरेको थियो ।  यस वर्ष यो आम्दानी  रु २६ करोड ७३ लाख ७८ हजार रहेको छ । कम्पनीको चुक्तापूँजी  रु २ अर्ब ५ करोड ४२ लाख ८० हजार रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया