४९ मेगावाटको 'मध्य मेवा' आयोजना बनाउन जापानी कम्पनी आउँदै, कति होला लगानी ?

४ बर्ष अगाडि

काठमाडौं – जापानको तोसिवा पावर कम्पनीले ४९ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजनामा लगानी गर्ने तयारी गरेको छ ।

तोसिवाले नेपालको सीई कन्ट्रक्सनसंगको साझेदारीमा मध्य मेवा आयोजना निर्माण गर्न लागेको हो ।

आयोजना मेवा डेभलपर्स प्राइभेट लिमिटेडमार्फत निर्माण हुने तयारीमा छ । आयोजनामा तोसिवाको ६० प्रतिशत र बाँकी ४० प्रतिशत नेपालीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

कम्पनीबीच आयोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आयोजना बनाउन रु ९ अर्ब लाग्ने छ ।

तोसिबाले यो आयोजनामा गरेको लगानी फिर्ता नलैजाने सहमति गरेको छ । मध्य मेवा अर्धजलाशययुक्त अयोजना हो ।

नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता भइसकेको छ । हाल विस्तृत इन्जिनियरिङ्गकोे काम भइरहेको छ । मध्य मेवा सन २०२३ मा सम्पन्न गर्ने लक्ष्य छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया