गृहमन्त्रीमाथि एकाएक किन खनिए डा. लोहनी ?

५ बर्ष अगाडि

 

काठमाडौं–  एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले गृहमन्त्री रामबहादुर थापाको कडा आलोचना गरेका छन् । 
हिन्दु धर्मगुरु श्रीनिवासमाथि गोली हान्ने अपराधिलाई पक्राउ गर्न आलटाल गरिरहेको आरोप लगाउँदै लोहनीले थापाको आलोचना गरेका हुन् । 

डा लोहनीले हिन्दु पहिचान हुनुपर्छ भन्ने धर्मगुरुलाई गोली प्रहार गरेर हत्या गर्ने प्रयास हुँदा पनि सरकाले अपराधिलाई पक्राउ गर्न आलटाल गर्नु दुखद भएको उल्लेख गरेका छन्  । 
मंगलबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री रामबहादुर थापा बादलप्रति कटाक्ष गर्दैै लोहनीले भनेका छन्, ‘ सन्त श्रीनिवास आचार्य नेपालको हिन्दु पहिचान कायम हुनु पर्छ भन्ने गुरु हुन्। उनलाई गोली हानी मार्ने प्रयास केहि समय अगाडि इटहरीमा भयो। किन नेपाल सरकार गोली हान्ने अपराधीलाई पक्रन आलटाल गरिरहेछ। यो अर्को लम्पसारबादको उदाहरण त होइन ?’
श्रीनिवासमाथि गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए ।  उनी हाल उपचारपछि घर फर्किसकेका छन् । तर अपराधि भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । 
दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया