आफूलाई चाहिएको खबर सित्तैमा थाहापाउन चाहानुहुन्छ ? ३२१०० मा फोन गर्नुहोस् !

४ बर्ष अगाडि

काठमाडौं – नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारीमा ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ । यो एक प्रकारको कल–इन सिस्टम हो । जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपद्सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ । 

नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया