तराई डुबानबारे बोले विप्लव !

४ बर्ष अगाडि

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अबिरल वर्षासँगै आएको बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थानमा ज्यान गुमाएकाका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

महासचिव विप्लवले आइतबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई अल्पकालीन, दिर्घकालीन क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारीको व्यवस्था गर्न माग गरेका छन् । विप्लवले सबै पार्टी पंक्तिलाई राहत र उद्धारमा जुट्न समेत निर्देशन दिएका छन् ।

विज्ञप्ति

४ बर्ष अगाडि

प्रतिक्रिया