मन्त्री मगरको सबैभन्दा कम नम्बर !

४ बर्ष अगाडि

काठमाडौँ – आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रगतिका आधारमा सबैभन्दा कमजोर बिना मगरले सम्हालेको खानेपानी तथा सरसफाई मन्त्रालय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सफ्टबेयरमार्फत सबै मन्त्रीलाई उनीहरुको कार्यसम्पादनका आधारमा नम्बर दिएको हो । पहिला मन्त्रालयहरुसँगै योजना माग गरेर त्यसैका आधारमा सम्पन्न भएका, काम सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका र सुरु नै नभएका योजनाको प्रतिशतका आधारमा नम्बर दिइएको हो । खानेपानी मन्त्रालयले जम्मा ३९ नम्बर पाएको छ ।

मन्त्रालयले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रतिबद्धता गरेको १ सय २२ योजनामध्ये जम्मा ४७ वटा मात्रै काम सम्पन्न भएको छ । बाँकी ४७ वटा काम भइरहेका छन् । २८ वटाको कामै सुरु भएका छैनन् । ती सबैको कूल मिलाउँदा खानेपानीले जम्मा २९ प्रतशित अर्थात २९ नम्बर पाएको हो ।

मन्त्रालयले बुझाएको वार्षिक प्रगति विवरण रिपोर्टमा मेलम्ची आयोजनाको यांग्रीदेखि लार्केसम्म पहुँच सडक निर्माण सुरु, दोस्रो चरणको मुआब्जा तथा क्षतिपूर्ति वितरण सुरु भएकोलाई प्रमुख उपलब्धीका रुपमा उल्लेख गरिएको छ । उपत्यकाका चक्रपथभित्र ७५ किलोमिटर थोक वितरण प्रणाली पाइपलाइन सम्पन्न गरेको, नौवटा पानीपोखरी निर्माण गरेको, दुई सयवटा खानेपानी आयोजनाको मर्मत सुधार गरेको र ६४ हजार ६ सय ६२ घरधुरीमा शौचालय निर्माण गर्नुलाई आफ्नो ठूलो उपलब्धी मानेको छ ।

मन्त्रालयगत वार्षिक प्रगतिका आधारमा सबैभन्दा धेरै नम्बर परराष्ट्र मन्त्रलयले पाएको छ । नेकपा नेता प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री छन् । परराष्ट्रलु कूल लक्षित ८९ योजनामध्ये ६१ वटा सम्पन्न गरेको छ । चालु योजनाको संख्या २७ छ भने सुरु नै नभएको एउटा मात्र छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया