शेयरमा लगानी गर्ने हो ? शुभम पावरको आइपिओ खुल्दै

५ बर्ष अगाडि

काठमाडौं । शुभम पावर लिमिटेडले यही जेठ २० गतेदेखि साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयबासीलाई रु २ करोड बराबरको २ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म दरखास्त दिन पाइने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

आईपीओ बिक्री बन्द छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म तोकिएको छ ।

कम्पनीले प्रभावित स्थानीयबासीलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ । आयोजना बनाउन रु १४ करोड ३९ लाख खर्च भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया