अक्षय कुमार विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने सुचिको चौथो स्थानमा

४ बर्ष अगाडि

भारतको राष्ट्रिय अवार्ड प्राप्त अभिनेता अक्षय कुमार फोब्र्स म्यागजिनको विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने सन् २०१९ को फोब्र्सको सुचिको चौथो स्थानमा छन् । 
फोब्र्स डट कमका अनुसार अक्षय कुमारले ६.५ करोड अमेरिकी डलर कमाई गरेर चौथो स्थान हासिल गरेका हुन् । सुचिको लागि फोब्र्सले सन् २०१८ जुन १ देखि सन् २०१९ जुन १ बीचको पारिश्रमिकलाई लिएको थियो । 
हलिउड अभिनेता डनी ‘रक’ जोनसन फोब्र्सको सबैभन्दा धेरै पारिश्रमिक पाउने दश शिर्ष अभिनेताको सुचिमा पहिलो स्थानमा छन् । उनले उक्त अवधिमा ८.९४ करोड अमेरिकी डलर पारिश्रमिक पाए । 
दोस्रो स्थानमा अष्ट्रेलियन अभिनेता क्रिस हेम्सवर्थ छन् । चर्चित सुपरहिरो फिल्म ‘हल्क’मा प्रमुख पात्रको भूमिका निभएका हेम्सवर्थले यस अवधिमा ७.६४ अमेरिकी डलर कमाए ।

४ बर्ष अगाडि

प्रतिक्रिया