६५ हजार घुससहित पक्राउ परे वन अधिकृत

असोज २, २०७६ | आजको अर्थ
ajaako_artha

नवलपरासी (सुस्ता पश्चिम) बाट ६५ हजार घुस रकमसहित दुई जनालाई अख्तियार कार्यालय बुटवलको  टोलीले आज पक्राउ गरेको छ ।

सब डिभिजन कार्यलय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरीलाई ६५ हजार घुससहित पक्राउ परेका हुन् ।

उनीसँगै वन कार्यलय रहेको भवनका घरधनी मनोज कुमार शर्मालाई पनि पक्राउ गरिएको छ । सहायक बन अधिकृत चौधरीले सेवाग्राहीको मुद्धा मिलाइदिने भन्दै रकम मागेका थिए । 

उक्त रकम घरधनी माफर्त ल्याउने क्रममा प्रकाऊ गरीएको छ । उनीहरुलाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

दुवैलाई अहिले बुटवलमा राखेर बयान लिइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८९११५.४९
European Euro१२४.३५१२५.००
UK Pound Sterling१४८.२२१४८.९९
Swiss Franc११७.२०११७.८१
Australian Dollar७५.८३७६.२३
Canadian Dollar८६.४२८६.८७
Singapore Dollar८१.९३८२.३५