ज्ञानेन्द्र शाही कुटिएपछि कलाकारहरुले लेखे यस्तो स्टाटस

४ बर्ष अगाडि

 ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि  कुटपिट भएपछि समाजिक संजाल तातेको छ ।

भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विधरोमा नागरिक खबरदारी’ सभा गर्न लाग्दा स्थानिय प्रशासनले नदिएपछि होटल फर्कने क्रममा गाडीमै शाहीमाथि आक्रमण भएको थियो । 

आक्रमणपछि घाइते भएका ज्ञानेन्द्रको समर्थनमा सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् । 

शाहीको टोली गाडीबाट आउने तयारीका लागि चौविसकोठीको होटल ग्लोबलमा मात्र के पुगेको थियो, युवाहरुको समूहले आक्रमण र्गयो । हाइस गाडीमाथि ढुंगामुढा भएको थियो ।

हातमा ढुंगा, इट्टा तथा रड बोकेका युवाहरुले शाहीलाई लक्षित गरी अन्दाधुन्ध हानेको गाडीमा रहेकाहरु बताउँछन् । ‘ढुंगैढुंगाले हान्यो, रडले समेत हाने’ गाडीमा रहेका एकले भनेका छन् ।

स्टाट्स
दिपक राज गिरीले फेसबुकमा लेखेका छन् ‘आज पारसले पिटे, ज्ञानेन्द्र ले पिटाइ खाए । पहिलो घटनाले सबै खुशि, दोश्रो मा कोहि खुशि कोहि दुखि ।’

हाँस्य कलाकार मनोज गजुरेलले ‘कुटपिट र अवरोधले ‘अभियानहरु’ सकिन्नन् कमरेड १ राजनैतिक र प्रशासानिक क्षेत्रको भ्रष्टाचार उखेल्दिनुस् न, बिरोध र अराजकता आफैं बन्द हुन्छ नि । ज्ञानेद्र शाहीको प्रस्तुती र शैलीको बारेमा फरक मत होला । तर, उनको बिरोधमा बाहुबलको प्रयोग र प्रबेश निषेधको राजनीति गलत हो । प्रश्नहरुको जवाफ राम्रा कामले दिनुपर्छ, कुटपिट र अवरोध गरेर हैन । नत्र के फरक भयो र १’ भन्दै आक्रोश पोखेका छन्

 

ज्ञानेन्द्रमाथि आक्रमण भएपछि केदार घिमिरे उर्फ माग्ने बुढाले ‘भ्रष्टाचारको बिरुद्ध बोल्नेलाई मुक्का । दुई तिहाईको उपहार केवल उखान टुक्का । लोकतन्त्रमा फरक मत’ भन्दै प्रतिक्रिया दिएका छन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया