'चिनियाँ राष्ट्रपतिको भ्रमण दशैंको सपिङ गर्ने लिस्ट होइन' प्रधानमन्त्री ओली

विहीबार, १६ असोज २०७६, १४ : ५०

प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण दँशैको सपिङ्ग गर्ने लिष्ट जस्तो नभएको प्रतिकृया दिएका छन् । 

सी को भ्रमणका बेला नेपाललले गर्ने सम्झौताबारे मिडियामा आएका कुराप्रति टिप्पणी गर्दै उनले यस्तो प्रतिकृया दिएका हुन् । 

‘भ्रमण दशैंको सपिङ गर्ने लिस्ट होइन, यो माग्ने भनेर हामीले लिस्ट बनाका छैनौं’, बालुवाटामार सरकारी सञ्चारमाध्यमका पत्रकारलाई बोलाएर आफ्ना कुरा सुनाउँदै उनले भने ‘केही मोग्ने लिस्ट बनाएका छैन ।’

प्रधानमन्त्री ओलीले सी को भ्रमणका बेला चीनसँग मित्रतालाई कसरी बलियो बनउान सकिन्छ भन्ने कुरा नै  मुख्य हने बताए ।

‘पहिलो कुरा मित्रता नै हो, मित्रता बलियो भयो भने अरु आफै हुन्छ’, उनले भने । 

ओलीले चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण आपसी मित्रतालाई बलियो बनाउनमा केन्द्रीत रहने बताए । 

सीपथबारे भएको टिप्पणीप्रति आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले वौद्धिकहरुले अवौद्धिक तर्क गरेको भन्दै कसैको कुरा गर्दैमा बिचार नै अंगाल्ने भन्ने नहुने तर्क गरे ।

नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए ।

‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलेँ भन्दैमा उनकै विचार लागू हुन्छ त ?’ उनले थपे, ‘हाम्रो आफ्नै विचार छ । वौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन् ।  हामीले कसैको कुरा भन्दैमा त्यसको विचार अँगाल्ने भन्ने हुँदैन ।’

विहीबार, १६ असोज २०७६, १४ : ५०

प्रतिक्रिया