पूँजी बजारको सुस्तता कायमै

४ बर्ष अगाडि

मंगलबार झै बुधबार पनि पूँजी बजार सुस्त भएको छ ।

बुधबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४४ अंकले घटेर एक हजार एक सय ३८.०२ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि ०.४१ अंकले घटेर २४९.७१ अंकमा पुगेको हो । 

आज बजारमा १६० कम्पनीका ७ लाख ५० हजार ३३ कित्ता सेयर २० करोड ६२ लाख ५३ हजार ८४७ रुपैयाँमा कारोबार भएको हो । 

यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये चार समूह उकालो लागे भने बाँकी आठ समूह ओरालो लागे  । उकालो लाग्नेमा जीवन बिमा समूह सर्वाधिक २१.३८ अंकले उकालो लाग्यो भने उत्पादन मुलक समूह सर्वाधिक ७।७६ अंकले ओरालो लाग्यो । 

आज बजारमा प्रभु बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ४ करोड ३६ लाख ७५ हजार ९६१ रुपैयाँमा कारोबार भएको हो । 

यस दिन साल्ट ट्रेडिङ्का लगानीकर्ताले सर्वाधिक ९.८८ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, महालक्ष्मि विकास बैंकका लगानीकर्ताले सर्वाधिक ४.२८ प्रतिशत सेयर मूल्य गुमाए । 

४ बर्ष अगाडि

प्रतिक्रिया