अब सात हजार मै युएई, श्रमिकलाई यस्ता सुबिधा

४ बर्ष अगाडि

अब नेपालीहरुले युएई जान म्यानपावर कम्पनीलाई पैसाँ नतिर्नुपर्ने भएको छ ।

सोमबार भएको नेपाल युएई संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।नेपाल र युएई बिच यस अघिनै शून्य लागतको श्रम सम्झदारी (एमओयु) कार्यान्वयन गर्ने छलफल भएको थियो ।

अब युएई जाने हवाई टिकट पनि रोजगार दाता कम्पनीले नै उपलब्ध गराउने छ । तर म्यानपावर व्यवसायीले भने सरकारको सहमती कार्यान्वयनमा ल्याउन कठिन रहेको बताएका छन् ।

दुई देशको सहमतिपछि अब युएई जाने कामदारले म्यादी जीवन बिमा, कल्याणकारी र अभिमुखीकरण तालिमका लागी मात्र शूल्क तिर्नु पर्ने छ ।उक्त तिन कुराको शुल्क जम्मा सात हजार रुपैंया मात्र रहने छ ।

उक्त रकम तिरे पछि म्यादी जीवन बिमाबाट कामदारको मृत्यु हुदाँ बिमा कम्पनीले १४ लाख दिने छ भने कल्याणकारी कोषको पैसाले श्रमिकको निधन हुदाँ वैदेशिक रोजगार बोर्डले रु ७ लाख उपलब्ध गराउने छ ।

यस अघि युएई जाने कामदारले म्यानपावर कम्पनीलाई न्युन्तम ५० हजार बुझाउदै आएका थिए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया