नेपालले पायो १९० रनको लक्ष्य

४ बर्ष अगाडि

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई टी-२० क्रिकेट खेलमा १९० रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८९ रन बनाएपछि नेपालले ठूलो लक्ष्य पाएको हो ।

रोहित पौडलेको कप्तानीमा मैदानमा उत्रिएको नेपालले सुरुवातमै खराब बलिङ गरेको थियो । एमसीसीका लागि विल्ली गोड्लम्यानले सर्वाधिक ५४ रन बनाउँदा एबडी योङले ४२ रन बनाए ।

बलिङतर्फ नेपालका राशिद खानले तीन विकेट लिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया