इन्भेस्टमेन्ट बैंकको १ अर्ब ९३ करोड डुब्ने स्थितीमा, सिएमसीले फिर्ता देला ?

४ बर्ष अगाडि

काठमाडौं – तनहुँ जलविद्युत आयोजनाका लागि इटालियन बैंकको काउन्टर ग्यारेन्टी बसेको नेपाल इन्भेस्टमेन्ट बैंकलाई रकम फिर्ता हुने विषयमा आशंका पैदा भएको छ ।

तनहुँ जलविद्युत आयोजनाको तत्कालिन ठेकेदार सीएमएसीको काउन्टर ग्यारेन्टी नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको थियो । ठेक्का तोडिएपछि तनहुँ हाइड्रोपावरले सीएमसीको इन्भेस्टमेन्ट बैंकमा भएको ग्यारेन्टी वापतको ८७ लाख ४९ हजार युरो र रु ८५ करोड १४ लाख गरी रु १ अर्ब ९७ करोड जफत गरेको थियो ।

तनहुँले सीएमसीको काउन्टर ग्यारेन्टी जफत गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले सो रकम इटालियन बैंकसंग फिर्ता मागेको थियो । तर, इटालियन अदालतबाट तत्काल जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको छ ।

काउन्टर ग्यारेन्टीको रकम दिने विषयमा इटलीको अदालतबाट यो महिनाभित्र अन्तिम फैसला हुन लागेको बैंक स्रोतले बतायो । अदालतबाट कस्तो फैसला आउँने छ त्यो हेर्न बाँकी छ ।  तनहुँ हाइड्रोपावर र सिएमसीबीच १५ असोजमा २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको थियो ।

झण्डै रु २ अर्ब  काउन्टर ग्यारेन्टीको रकम असुल नभएपछि नेपाल इन्भेस्टमेन्टको  निष्क्रिय कर्जा बढेपछि नाफामा असर परेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया