बलिउड यी ८ अभिनेत्री जसलाई मोटोपनले कहिल्यै छोएन

कात्तिक २३, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी – बलिउड फिल्म उद्योगमा कुनै भूमिकाका लागि अभिनेता–अभिनेत्री आफ्नो तौललाई कहिले घटाउँने–बढाउँने गरिरहन्छन् । तर, यस्ता केही अभिनेत्री पनि छन्, जसलाई मोटोपनलाई लिएर कहिल्यै त्यति चिन्ता लिनु परेन वा भनौ मोटोपन बढ्दै दिएनन् । जान्नुहोस्, यी सूचिमा कुन–कुन सुपरअभिनेत्री पर्छन् ।

१. प्रियंका चोपडा – बलिउडबाट हलिउडमा यात्रा तयार पारेकी अभिनेत्री प्रियंका चोपडा अहिले ३४ बर्ष पुगिन्, तर उनले कहिल्यै मोटोपनलाई लिइर चिन्ता लिनु परेन । प्रियंकाले सन् २००३ मा ‘द हिरो’ फिल्मबाट डेब्यु गरेकी छिन् । हाल प्रियंकाको हलिउड फिल्म ‘बेवाच’ रिलिजमा छ ।

२.क्याट्रिना कैफ – त्यस्तै अर्की अभिनेत्री क्याट्रिना कैफले पनि आफ्नो तौललाई नियन्त्रणमा राखेकी छिन् । ३३ बर्षीय क्याटले सन् २००३ मा ‘बूम’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनको पछिल्लो फिल्म ‘बार–बार देखो’ गत बर्ष रिलिज भएको थियो ।

३. दीपिका पादुकोण– अभिनेत्री दीपिका पादुकोणले पनि हलिउडको यात्रा तय गरेकी छिन् । ३१ बर्षीय दीपिकाले ‘ओम शान्ति ओम’ फिल्म मार्फत् सन् २००७ बाट डेब्यु गरेकी थिइन् । यसै बर्ष दीपिकाको पहिलो हलिउड फिल्म ‘एक्सएक्सएक्सः द रिटर्न अफ जेन्डर केज’ रिलिजमा आएको छ ।

४.काजोल – सदाबहार सुन्दरी अभिनेत्री काजोल ४२ बर्ष पुगिसकिन्, तर कहिल्यै उनले आफ्नो तौललाई लिएर चिन्ता लिन परेन् । सन् १९९२ मा फिल्म ‘बेखुदी’बाट काजोलले डेब्यु गरेकी थिइन् । पछिल्लो पटक कजोल फिल्म ‘दिलवाले’मा देखिएकी थिइन् ।

५.करिश्मा कपूर – ४२ बर्षीया करिश्मा कपूरले ‘प्रेम कैदी’बाट सन् १९९१मा बलिउडमा डेब्यु गरेकी थिइन् । उनलाई पछिल्लो समय फिल्म ‘बोम्बे टोकीज’मा देखिएको थियो ।

६. शिल्पा शेट्टी– उमेर – ४१ बर्ष । डेब्यु फिल्म – ‘बाजीगर’ ९सन् १९९३० । पछिल्लो समय शिल्पा शेट्टी रियालिटी शोमा देखिएकी थिइन् ।

७.नरगिस फखरी – ३७ बर्षीय अभिनेत्री नरगिस फखरीले सन् २०११ मा ‘रकस्टार’ फिल्मबाट डेब्यु गरेकी थिइन् । उनको फिगर सदावहार एकैनासको छ, उनलाई मोटोपनले अहिलेसम्म सताएको छैन ।

८.मलाइका अरोडा– सलमान खानकी बुहारी मलाइका अरोडालाई ‘हट आइटम गर्ल’ भनिने गरिन्छ । उनले फिल्म ‘दिल से’बाट आयटम गर्लको रुपमा डेब्यु गरिन् । अहिले उनी आफ्नो सुन्दरता विभिन्न रियालिटो शोमा देखाउँने गर्छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८