एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३० प्रतिशत छुट

४ बर्ष अगाडि

एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३० प्रतिशत छुट दिने भएको छ । 

एभरेष्ट बैंकको  एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर विल तिर्ने ग्राहकलाई नेपाल तथा विदेशम ३० प्रतिशत छुट दिने भएको हो । 

ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न एभरेष्ट र ट्रानक्विलिटीबीच एमओयूमा हस्ताक्षर भएको छ ।  

स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको ट्रानक्विलिटी स्पाका नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेका छन् । 

एभरेष्टले  आफ्ना १० लाख भन्दा बढि सन्तुष्ट ग्राहकहरु रहेको दावी गरेको छ, जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो ।  एभरेष्ट बैंक हालै भएको क्यामेलस् रेटिङमा बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया