गरिमा विकास बैंकको मंसिर २७ मा साधारण सभाः बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमडौं – गरिमा विकास बैंकको आव २०७६÷७७ को बार्षिक साधारणसभा मंसिर २७ गते हुने भएको छ । मंसिर ४ गते बसेको बैंकको संञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
पोखराको होटल पोखा ग्राण्डमा बिहान १०ः३० देखि साधारणसभा सुरू हुने बताइएको छ । बैंकले उक्त सभामा १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्नेछ ।
हाल बैंकको चुक्तापुँजी रू. २ अर्ब ७८ करोड ८३ लाख रहेका छ । बोनस शेयर वितरण पछि बैंको चुक्तापुँजी रू. ३ अर्ब २३ करोड पुग्नेछ । 
यस्तै, बैंकले आफ्नो अधिकृत पुँजी रू. ५ अर्ब पु¥याउने प्रस्ताव पनि सभामा लैजादैछ । यसका अलावा बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गरिने प्रस्ताव पनि साधारणसभामा लैजाने तयारी छ । 
साधारणसभा प्रयोजनका  लागि मंसिर १३ गतदेखि १७ गतेसम्म शेयरधनी दर्ता किताव बन्द रहने छ, जसअनुसार मंसिर १२ गतेसम्म कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन पाउने छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया