तरकारीमा बिष जाँच्न पनि नसक्ने गरी कमजोर कसरी भयौं ? च्वास्स बिझ्दैन ?

मंसिर ७, २०७६ | आजको अर्थ
ajaako_artha

सम्झिँदा पनि गर्व लाग्छ..
एक समय थियोे काठामाडौंबाट सोझै युरोपको फ्लाइट पनि हुन्थ्यो रे,अहिले भारत हुँदै जानुपर्छ । हाम्रा शासकलाई लिन बेलायती महारानीदेखि अमेरिकी राष्ट्रपति स्टेशनसम्मैं गएका तस्बीर अझै हेर्न पाइन्छन् ।

यसो सोच्छु, पैँसठ्ठी वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ ।
महेन्द्रले त्यही बेला एअरपोर्ट पनि बनाएका रहेछन् । राष्ट्रिय बजेट साह्रै थोरै थियो र पनि पूर्वपश्चिम राजमार्ग कसरी बन्न सक्यो होला ?
चीन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो होला ?
त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्न पनि पक्कै बजेट थिएन होला ।

अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च कसले राख्यो होला ?
विश्वविद्यालयको नाममा बल्खुको त्यत्रो डाँडा छुट्याउने दूरदृष्टि शासकमा कहाँबाट आयो होला ?
चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिगा जग्गा छुट्याउने चेतना कसले दियो होला ?
त्यही जग्गा मासेर अहिले धुर्मुस स्टेडियम बन्दै छ ।
वीर अस्पतालदेखि कान्ति र टिचिंग अस्पताल बनाउन पनि पक्कै ठूलो खर्च चाहियो होला ।

राष्ट्रिय नाचघरदेखि प्रज्ञाप्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर कसले सोच्यो होला ?
ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू कसरी बने होलान् ?
अहिले त बिजुलीबस उद्घाटनका दिनमात्रै चल्ने गर्छन्, त्यो ट्रलीबस चलाउने बुद्धि कसले दियो होला ?

औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजना कसरी सफल भए होलान् ?
आयात निर्यातमा सहज हुने गरी विराटनगरलगायतका औद्योगिक करिडोर बनाउने चेष्टा कहाँबाट आयो होला ?
यी सबै काम त्यति थोरै राष्ट्रिय बजेटबाट कसरी सम्भव भए होलान् ?
अझ आफैले पहल गरेर सार्कजस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ?

अहिले त डर लागिरहन्छ, देशहरूले देश निलिरहेको त्यो बेला हामी कसरी स्वतन्त्र बनिरह्यौं होला ? सम्झिँदा पनि गर्व लाग्छ, एकादेशमा काठामाडौंबाट सोझै युरोपको फ्लाइट पनि हुन्थ्यो रे, अहिले भारत हुँदै जानुपर्छ । हाम्रा शासकलाई लिन बेलायती महारानीदेखि अमेरिकी राष्ट्रपति स्टेशनसम्मैं गएका तस्बीर अझै हेर्न पाइन्छन् ।

हामी छ दशकअघि नै सर्वाङ्गीण विकासबारे सोच्न सक्ने बनिसकेका रहेछौं । तर, आज आएर एउटा खानेपानीको योजना सम्पन्न गर्न २० वर्ष लाग्ने कसरी भयो होला ? दशकौं अघि स्वाभिमानको अर्थ बुझेका हामी नाथे तरकारीमा बिष छ छैन भन्ने जाँच्न पनि नसक्ने गरी कमजोर कसरी भयौं होला ? च्वास्स बिझ्दैन ?

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७