गुल्मीको रूरूक्षेत्रबाट पोखरामा दुध निर्यात

४ बर्ष अगाडि

गुल्मी जिल्लाले पहिलोपटक जिल्ला बाहिर दुध निर्यात शुरु गरेको छ । 

जिल्लाको रुरु गाउँपालिकाले काँस्कीको पोखरा दुध पठाउन थालेको हो । 

गाउँपालिकाको बलेटक्सारमा रहेको ईश्वरडेरीमार्फत पाँच दिनमा तीनहजार लिटर दुध पोखरा पठाउन थालिएको गाँउपालिका अध्यक्ष निलकण्ठ गौतमले बताए । 

दुध निर्यातका लागि ट्यांकर खरिद गर्न प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ५० प्रतिसत अनुदान उपलब्ध गराएको थियो । 

सो गाउँपालिकाका किसान धेरैवर्ष पहिलादेखि व्यवसायीक दुग्ध उत्पादनमा अगाडी रहेका छन् । 

किसानलाई प्रोत्साहन र दुधमा अत्मनिरभर बनाउन  गाँउपालिकाले कृषकलाई प्रतिलिटर २ रुपैया नगद अनुदान र घास, प्रबिधि, भकारो सुधार, नस्ल सुधार लगायतमा सहयोग गर्दै आएको छ । 

साविकका थानापती, दिगाम, बलेटक्सार लगायतका गाविसहरुमा व्यवसायीक दुग्ध उत्पादनमा प्रेरीत गर्नका लागि प्रदेश साँसद कमलराज श्रेष्ठको ठूलो योगदान छ । 

प्रदेश विशेषाधिकार समिति संयोजक समेत रहेका साँसद श्रेष्ठले दुध निर्यात दिगो बनाउन ट्यांकरकै क्षमता बराबरको दुध चिस्यान केन्द्र आवस्यक रहेको र त्यसका लागि कार्यक्रम बनाउने प्रतिवद्धता जनाए । 

दुग्ध उत्पादनमा किसानको उत्साह र निरन्तरताका लागि आवस्यक परे रकमान्तर गरेर भए पनि पशु पालन क्षेत्रमा गाउँपालिकाले सहयोग गर्ने गाँउपालिका अध्यक्ष गौतमको भनाई छ । 

तत्कालकाे लागि थाेरै पठाएपनि अब छत्रकाेट र दरबारलाइ पनि समेटेर दैनिक तीन हजार लिटर दुध पाेखरा पठाउने याेजना रहेकाे उनले बताए । 

कृषक एवं पशु फर्म संचालक नारायण पौड्यालले एकपटक मात्र सहयोग भन्दा पनि कृषि सम्बन्धि उपयुक्त निती र स्थानिय तहमा कार्यान्वयन गर्नु आवस्यक रहेको बताए । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया