लोकप्रिय बन्दै मोवाइल बैंकिङ, नेपालमा साढे ८३ लाख मोवाइल बैंकिङ प्रयोगकर्ता

४ बर्ष अगाडि

काठमाडौं – नेपालमा एटीएम (डेविट) कार्ड भन्दा मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढी हुँदै गएको छ । २०७३ असारसम्म डेविट कार्ड प्रयोगकर्ताको संख्या ४६ लाख ५७ हजार १२५ र मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५४ हजार ५६६ मात्रा थियो । 
तर, २०७६ असारसम्म आउँदा मोवाइल बैंकिङको प्रयोगकर्ता बढी भएको छन् । हालसम्म आउँदा मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार १८७ हजार पुगेको छ । तर, एटीएम कार्ड प्रयोगकर्ताको संख्या भने ६७ लाख ८ हजार ५२१ सम्ममा मात्र पुगेको छ । 
पछिल्लो एक बर्षमा मात्र मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ३३ लाखले बढेको छ । तर, डविट कार्डको प्रयोगकर्ताको संख्या १२ लाखले मात्रा बढेको छ, जसअनुसार पछिल्लो समय मोवाइल बैंकिङ लोकप्रिय बन्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउछ ।

तथ्यांकअनुसार मोवाइल बैंकिङ प्रयोकर्ताको बृद्धिदर पनि उच्च देखिएको छ । गत आवमा मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या २१ प्रतिशतले बढेको छ । तर, मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या भने ६४.११ प्रतिशतले बढेको छ । 

मोवाइल बैंकिङ प्रयोगकर्ताः 
२०७३ असारसम्मः १७,५४,५६६
२०७४ असारसम्मः २६,६९,७३२
२०७५ असारसम्मः ५०,८६,०६९
२०७६ असारसम्मः ८३,४७,१८७

 

डेविट कार्ड प्रयोगकर्ताः
२०७३ असारसम्मः ४६,५७,१२५
२०७४ असारसम्मः ४९,८०,९५८
२०७५ असारसम्मः ५५,४४,२५३
२०७६ असारसम्मः ६७,०८,५२१

अब एटीएम कार्डलाई विस्तारै विस्थापित गर्दै जानुपर्ने कतिपय बैंकर तथा विज्ञहरु बताउछन् । एटीएम पनि नगदमा नै आधारीत रहेकाले यसलाई दिगो बनाउन नहुने उनीहरुको भनाइ छ । एटीएम रहे सम्म नेपालमा क्यासलेस इकोनोमिको विकास गर्न नसकिने उनीहरु बताउछन् ।
अब मोवाइल बैंकिङलाई नै प्रमोट गर्नुपर्ने उनीहरुको सुझाव छ । यसले नेपालको मुद्रावजारलाई क्यासलेस बनाउने र बैंकको सञ्चालन खर्च पनि घटाउने उनीहरुको भनाइ छ । मोवाइल बैंकिङ मार्फत पैसा ट्रान्सफल गर्न, रिचार्ज गर्न, बिजुली लगयातका विल तिर्न लगायतका का मगर्न सकिने हुदा यसैका लागि बैंकसम्म पुग्नुपर्ने बाध्यता हुँदैन । तसर्थ, यसले बैंकको सञ्चालक खर्च घटाउने उनीहरुको भनाइ छ । 
यस्ता बिषयलाई पनि मध्येनजर गर्दै नयाँ खाता खोल्ने ग्राहकलाई मोवाइल बैंकिङ अनिवार्य गरिएको छ । साथै, मोवाइल बैंकिङ प्रति स्वयम ग्राहक पनि अवारनेश हुँदै गएका छन् । फलस्वरुप यसको लोकप्रियता बढ्दै गएको बैंकरहरु बताउँछन् ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया