शेयर अभौतीकरण गराउन शाइन रेसुङ्गाको आग्रह

४ बर्ष अगाडि

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले शेयर अभौतीकरण गराउन सूचना जारी गरेको छ ।

पूर्णिमा र भार्गव बैंकलाई प्रप्ती गरेपश्चात शाइन रेसुङ्गाले उक्त बैंकका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक शाइन रेसुङ्गामा गाभियसगैँ असोज २७ गतेदेखि एकीकृत कारोबार सुरु भईसकेको छ ।

शाइन रेसुङ्गाले मंसिर ६ गतेसम्ममा  पूर्णिमा र भार्गवको अभौतीकरण गरेको शेयर शेयरधनीहरुको खातामा जम्मा गरीसकेकको छ भने मंसिर ६ गतेसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

बैंकले शेयर अभौतिकीकरण गराई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया