स्वीच अनद्वारा चार्डपर्व ‘अफर’ विजेता घोषणा

४ बर्ष अगाडि

काठमाडौं– मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले ‘बडा दशैं, तिहार र छठ बम्पर अफर’ भन्ने नारा अन्तर्गतको आफ्नो चार्डपर्व अफरको विजेता घोषणा गरेको छ । 

सो अफरअन्तर्गत बर्दघाटका ध्रुब भण्डारीले प्रथम उपहार ४० इन्चको टीभी, २० लिटरको फ्रिज र मिक्चर ग्राइन्डर प्राप्त गरेका छन् । त्यस्तै हेटौंडाका प्रकाश पौडेलले द्वितिय उपहार स्वरुप ४० इन्चका टीभी, १।८ लिटरको राइस कुकर र मिक्चर ग्राइन्डर प्राप्त गरेका छन् । 

यसैबीच सुरुङ्गाका उद्धव खकुरेलले त्रितिय पुरस्कार स्वरुप ३२ इन्चको स्मार्ट टीभी,  १।८ लिटरको राइस कुकर र मिक्चर ग्राइन्डर प्राप्त गरेका छन् ।

यो योजना असोज ५ गते शुरु भएर कात्तिक ३० गते समापन भएको हो । जसअन्तर्गत ग्राहकहरुले स्वीच अनको देशभर रहेको कुनै पनि आउटलेटबाट एक हजारभन्दा माथिको सामान खरिद गरेर यस योजनामा सहभागी भएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया