चार लाखमा अस्वीकृत चिनियाँ गाई फेरि ल्याइँदै

४ बर्ष अगाडि

काठमाडौं । सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो।

यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो। नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ। अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ। प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ।

नेपालमा विदेशी गाईबस्तु असफल भएको पृष्ठभूमि छ। २०३३ मा पनि कृषि क्रान्ति भन्दै ‘कृषि–वर्ष’ मनाउने क्रममा भारतबाट गाई, साढे, भैंसी, राँगा, बोका, बाख्रा, भेडा, गधालगायत भित्र्याउन भन्दै ठूलो रकम खर्च गरिएको थियो। तर, ती कुनै पनि पशु नेपालको हावापानी अनुकूल नभएपछि राज्यको ठूलो लगानी खेर गएको थियो। त्यति बेला कर्मचारी र मन्त्रीको मिलेमतोमा रकमको चरम दुरुपयोग भएको २०३४–२०३५ को महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

विमानबाट ढुवानी गरी चिनियाँ गाई नेपाल ल्याइपुर्‍याउँदा एउटाको मूल्य चार लाख रुपैयाँ पर्छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया