शेयर बजारमा निरन्तर वृद्धि

मंसिर १९, २०७६ | आजको अर्थ
ajaako_artha

पछिल्ला तीन दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर सुधार हुन थालेको छ । बिहीबार नेप्से ७.४५ अंकले बढेर परिसूचक ११३१.९२ बिन्दुमा पुगेको छ । कुल १६८ वटा कम्पनीको १० लाख ९५ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

यस दिन परिसूचकसँगै कारोबार रकम शेयर संख्यामा पनि सुधार आएको छ । आज कारोबारमा आएक समूहमध्ये उत्पादन समूहबाहेक सबै समूह बढेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  यस कम्पनीको शेयर बुधबार पनि उच्च कारोबार भएको थियो ।

आज सम्मुन्नत माइक्रो फाइनन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेको छ । समग्र परिसूचक बढेको दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य प्रतिशतभन्दा बढी प्रतिशतले घटेको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८