नेप्से परिसुचकमा २.५६ अंकको गिरावट हुँदा २० करोडको कारोबार

५ बर्ष अगाडि

काठमाडौं–साताको अन्तिम कारोबार दिन (बिहिबार)  सेयर बजारमा २.५६ अंकको गिरावट आएको छ । 
०.२१ प्रतिशतले घटेको आजको बजारमा २० करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । 
आज कारोबारमा १६२ कम्पनी सामेल थिए । बैंकिङ समुह र उत्पादन तथा प्रशोधन समुहमा झिनो अंकको बृद्धि भएपनि अरु सबै समुहमा गिरावट आएको छ । बैंक समुह ०.७३ अंकले बढेको हो भने उत्पादन तथा प्रशोधन समुह १.१७ अंकले बढेको हो । आज सबैभन्दा बढी नीर्जिवन बिमा तर्फ ५७.३७ अंकको गिरावट छ । 
बजार घट्दा सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ३ करोड २८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । 
दोस्रोमा बढी कारोबार हुनेमा शिभिल बैंकको संस्थापक सेयर रहेको छ भने तेस्रो बढीमा ग्लोबल आइएमइ बैंकको सेयर कारोबार भएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया