नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन, यस्तो छ मूल्य

पुस ५, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं– विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटकसँग साझेदारी गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एचडी प्लस स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको बिशेषता रहेको छ ।

नोकिया २.३ मा एआई टेक्नोलोजीद्वारा संचालित डुअल क्यामरा छ जस्मा ‘रेकमेन्डेड सट’ फीचर रहेको छ । एन्ड्रोइड १० भएको नयाँ नोकिया २।३ मा ३ वर्ष सम्म मासिक सेक्यूरीटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टिड छ ।

डिजाइन
नोकिया २.३मा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जीबी ¥याम र ३२ जीबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्वारा ५१२ जीबीसम्म बढाउन सकिन्छ । 

यो मोबाइलको डुअल क्यामेरामा पछाडी १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेपm्ट सेन्सर त्यस्तै गरी अगाडी ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरीएको छ ।

नोकिया २.३को अन्तराष्ट्रिय मूल्य एक सय नौं यूरो छ, जसको मूल्य नेपालमा ११ हजार ९ सय ९९ रुपैयाँ सम्म पर्दछ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.००११४.६०
European Euro१२५.६६१२६.३२
UK Pound Sterling१४९.१८१४९.९७
Swiss Franc११७.५६११८.१८
Australian Dollar७७.२१७७.६२
Canadian Dollar८६.४७८६.९३
Singapore Dollar८४.०४८४.४८