मुम्बई – बलिउडमा पछिल्लो समय १०० करोडको दौड चलेको छ । जुन फिल्म यो दौडमा सामेल हुन्छ । त्यो फिल्म हिट मानिन्छ । तर केही कलाकारको केही फिल्मको हकमा भने यो लागू नभएको पनि देख्न सकिन्छ । बलिउडका केही स्टारका केही फिल्म १०० करोडको दौडमा त समेल भएका छन् । तर पनि ति फिल्म फ्लप मानिएका छन् ।
दिलवाले
अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको अभिनय रहेको यो चलचित्र हिट साबित हुन सकेन । तर चलचित्रले भने १४५ करोडको कमाइ गरेको थियो । चलचित्रको ग्रस आम्दानी २१४ करोड रहेको थियो । भारतको बक्सअफिसमा यसको नेट कमाई १४८.७२ करोड रहेको थियो । तर चलचित्रलाई बलिउडमा हिट मानिएको छैन ।
प्रेम रतन धन पायो
अभिनेता सलमान खान र अभिनेत्री सोनम कपुरको यो चलचित्र दीपावलीको अवसरमा रिलिज भएको थियो । पुरानै फर्मुला र बिषयमा निर्माण भएको यो चलचित्रले बक्सअफिसमा २०७ करोड ग्रुस कमाइ गर्न सफल भएको थियो । तर पनि चलचित्र फ्लप साबित भएको मानिन्छ ।
ब्याङ्ग ब्याङ्ग
ऋतिक रोशन र कट्रीना कैफको ब्याङ्ग ब्याङ्ग केमिष्ट्री दर्शकले निकै रुचाएका थिए । तर चलचित्र हिट फिल्मको सुचिमा सामेल हुन सकेन । १४० करोडमा निर्माण भएको यो चलचित्रको ग्रस कमाई २०० करोड रहेको थियो । यो चलचित्रले भारत बक्सअफिसमा नेट कमाई १८१.०३ गरेको थियो ।
रावन
अभिनेता शाहरुखको करियरकै सबैभन्दा खराब फिल्म हो यो । यसले आफ्नो निर्माण लागत समेत उठाउन सकेन । भिएफएक्स इफेक्ट्स र एनिमेशले भरिएको यो चलचित्र १३५ करोड रुपयामा निर्माण भएको हो । यसले ११४.२९ करोड मात्र कमाउन सफल भयो ।
जय हो
२०१४मा प्रदर्शनमा आएको सलमान खानको चलचित्र ‘जय हो’ले पनि १०० करोड कमाउन सफल भएको थियो । तर पनि यो चलचित्र फ्लप सुचिमा छ । ६५ करोडको निर्माण लागत अनुमान गरिएको चलचित्र अभिनयका लागि सलमानले ५० करोड फिस लिएका थिए । जसको कारण चलचित्रको निर्माण लागत ११५ करोड रुपैया लागेको थियो ।
प्रतिक्रिया