अदालतले भन्यो कुलमानले तय गरेको ३ अर्ब २० करोड महसुल तिर

४ बर्ष अगाडि

जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले बाराको सिमरा क्षेत्रका ५ उद्योगले लिएका ट्रंक लाइनको विद्युत महसुल तत्काल तिर्न उद्योगीलाई आदेश दिएको छ ।

अदालतले उद्योगीले दायर गरेको  मुद्दा खारेज गरेपछि ट्रंक लाइनको विगत ४ वर्षदेखिको रु ३ अर्ब २० करोड महसुल तिर्नुपर्ने भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार  जगदम्बा स्टील, असोक स्टील, हुलास स्टील, हामा आइरन र सूर्य नेपाल प्रालिले ट्रंक लाइन वापतको महसुल तिर्नुपर्ने भएको हो ।

उच्च अदालतले उद्योगीको मुद्दा खारेज गरेको हो । मुद्दा खारेज भएसँगै महसुल उठाउन वैधानिकता मिलेको छ ।

२०७२ साउनदेखिको महसुल उठाउन प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको स्वीकृति लिई सबै उद्योगमा बिल पठाउने तयारी गरिएको छ ।

सिमाराका ६ उद्योगले ट्रंक लाइनको विद्युत सेवा लिइरहेका छन् । वितरण केन्द्रले ट्रंक लाइनको महसुल उठाउन चिठ्ठी काटेपछि ६ मध्ये ५ उद्योग महसुल तिर्न नसक्ने भन्दै अदालत पुगेका थिए ।

डेडिकेटेड फिडरको सेवा लिएका २ उद्योगले भने नियमित महसुल तिरिरहेका  छन् । देशभरका २ सय ९८ उद्योगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत सेवा लिँदै आएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया