सुनको मुल्यमा निरन्तर गिरावट

मंगलबार, २९ पुस २०७६, ११ : २३

नेपाली बजारमा  पछिल्लो समय सुनको मुल्यमा सामान्यरुपमा गिरावट आएको छ ।

पुसको महिना देखि लगातार उच्च विन्दुमा रहेको सुनको मुल्यमा केहि दिन यता देखि   गिरावट आएको हो ।

आज  साताको  तेस्रो दिन मंगलबारमा सुनको मुल्य तोलामा ८०० रुपैयामा घटेर छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

हिजो  सोमबार  सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ८०० र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज भने  चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ८९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

मंगलबार, २९ पुस २०७६, ११ : २३

प्रतिक्रिया