मौसम पुर्वानुमान :मौसम सफा रहने

४ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार पनि मौसम सफा रहने बताएको छ ।

अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नभएको भन्दै मौसम सफा रहने जनाएको हो । मौसमविद्का अनुसार काठमाडौं उपत्यकामा हल्काफुल्का हुस्सु लागेको छ । तराई भेगमा पनि हुस्सु र कुहिरो छ ।

पहाडी भेगमा बिहानमै र तराईमा दिउँसो मात्र हुस्सु र कुहिरो हटेर जानेछ । चिसो रहिरहने छ ।

उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । ६ः४५ बजे पनि तापक्रम २ डिग्री नै रहेको थियो । उपत्यकामा तुसारो पनि परिरहेको छ । यसले नै चिसो बढाएको छ । शुक्रबार र शनिबार भने आंशिक बदली हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया