राष्ट्रिय बाणिज्य बैंक आवदेखि ५५ औं बर्षमा प्रवेश, आजसम्ममा नेपालकै उत्कृष्ट बैंक

४ बर्ष अगाडि

काठमाडौं – सर्वाधिक नाफा कमाउने राष्ट्रिय बाणिज्य बैंक आजदेखि ५५ औं बर्षमा प्रवेश गरेको छ । सरकारको स्वामित्वमा २०२२ माघ १० गते राष्ट्रिय बाणिज्य बैंक स्थापना भएको थियो । शुक्रबार उक्त बैंक ५४ औं बर्ष पुरा गरेर ५५ औं बर्षमा पुगेको हो । यो नेपालमा दोस्रो पुराना बैंक पनि हो । 
आज काठमाडौंको रामशाहपथ स्थित केन्द्रिय कार्यालयमा बैंकले आफ्नो ५५ औं बार्षिक उत्सव मनाउँदै छ । उक्त बार्षिक उत्सव समारोहलाई संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो २ बजेदेखि बार्षिक उत्सव कार्यक्रम सुरू हुनेछ । 
बीचमा यस बैंकले व्यवसायीक गतिविध उत्साहजनक बनाउन सकेको थिएन । तर, पछिल्लो समय यो बैंकले सबैभन्दा बढी नाफा कमाउँदै आएको छ । गत आवमा उक्त बैंकले सर्वाधिक नाफा कमाएको थियो । बिभिन्न आरोह अवरोहको सामाना गर्दै बैंक अहिले नेपालकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । 
बार्षिक उत्सवको अवसरमा बैंकले आगमी दिन दिनहरुमा अझै ग्राहकमुखी तथा उत्कृष्ट बैकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एक सुचना मार्फत बैंकले भनेको छ, ‘यस सुखद अवसरमा हामीलाई सधैं आफ्नोपन आभाष दिने हाम्रा ग्राहकबर्ग, नियमनकारी निकाय, नेपाल सरकार, शेयरधनी एंव सम्पुर्ण शुभेच्छुकहरुमा बिशेष धन्यवाद ज्ञापन गर्दै आमामी दिनहरुमा अझैं ग्राहकमुखी तथा उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दर्छाैं ।’
हाल यो बैंकको सीईओमा किरण श्रेष्ठ छन् । अहिले बैंकले ७४ भन्दा बढी जिल्लामा २१० भन्दा बढी शाखा स्थापना गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया