अमेरिकामा हालसम्म ४ लाख बढीमा संक्रमण पुष्टि

४ बर्ष अगाडि

अमेरिकाले हालसम्म २० लाख बढी जनसंख्यामा नमुना संकलन गरी परीक्षण गर्न ४ लाख बढीमा संक्रमण पुष्टि भएको छ । 
बुधबार बिहानसम्म अमेरिकाले २० लाख ७५ हजारको हाराहारीमा टेस्ट गरेको छ ।

जसमा ४ लाख ३०० को हाराहारीमा कोरोना पोजेटिभ देखिएको छ । 
अहिलेसम्म अमेरिकामा कोरोनाबाट १२ हजार ८४१ जनाको मृत्यु हुँदा २१ हजारको हाराहारीमा निको पनि भएका छन् । 
मंगलबारमात्रै अमेरिकाले १९७० जनाले कोरोनाबाट ज्यान गुमाएका थिए ।

अमेरिकाले ठूलो संख्यामा नमुना टेस्ट गर्दा यतिधेरै संक्रमित फेला परेका हुन् । नेपालमा नमुना संकलन तर न्यून रहँदा ९ जना सक्रमित फेला परेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया