महालक्ष्मीबैंकद्वारा महानगरीय प्रहरी महाशाखामा एलइडि सुचना बोर्ड जडान

४ बर्ष अगाडि

महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि४ एलईडि सूचना बोर्ड जडान गरेको छ ।

 बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले उक्त उपकरण महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल ब। थापालाई हस्तान्तरण गरेका हुन ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया