कमलादीबाट समातिएका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप

जेठ २०, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप भएको छ । 

सोमबार पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मंगलबार उपस्थित गराएकोमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए । लकडाउनको बेला जुवा खेलिरहेको विशेष सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा व्यापारीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । 

लकडाउनको क्रममा जुवा खेल्ने उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु सबैलाई हाल दरबारमार्गस्थित हिरासतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८