मागअनुसार लाइसेन्स आपूर्ति भएन

५ बर्ष अगाडि

काठमाडौँ-सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाईका लागि गर्न निजी क्षेत्रलाई दिने भनिए पनि अझै टुङ्गो लागेको छैन । 

यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेर पाँच लाख ८० हजार लाइसेन्स छाप्न बाँकी रहेकाले कम्पनीलाई छपाईका लागि दिन लागिएको हो । 

निजी कम्पनीलाई छाप्न दिने निर्णयको लागि प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत भएको छ । तर मन्त्रिपरिषद्ले निर्णय गरिनसकेको विभागले जनाएको छ । जसका कारण लाइसेन्स कुरिरहेका पाँच लाख ८० हजार जनाले अझै कति समय कुनुपर्ने हो अनिश्चित छ । विभागले स्मार्ट लाइसेन्स लागू गरेपछि माग अनुसारको लाइसेन्स आपूर्ति गर्न सकिएको छैन । परीक्षा उत्तीर्ण गरेको डेढ वर्षसम्म पनि सेवाग्राही लाइसेन्स पाउन सकिरहेका छैनन् ।  गाेरखापत्र दैनिकमा खबर छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया