शेयर कारोबारमा सकरात्मक सर्किट लाग्दा पनि १४ कम्पनीको शेयर मुल्य घट्यो, यी हुन् मुल्य घट्ने कम्पनीहरु

३ बर्ष अगाडि

काठमाडौं – आइतबार कारोबार सुरु भएको ३९ मिनेट अर्थात् ११ः३९ बजे नकरात्मक सर्किट लागेको शेयर कारोबारमा आज कारोबार सुरु भएको ४७ मिनेट अर्थात् ११ः४७ मा सकरात्मक सर्किट लागेको छ । 
४७ मिनेटमा ४ प्रतिशतले परिसुचक बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २० मिनेट कारोबार बन्द गरेर पुनः सुचारु गरिसकेको छ । 
आज मंगलबार  ११८८।.७१ को बिन्दुबाट सुरु भएको नेप्से कारोबार सुरु भएको ४७ मिनेटसम्म ४७.५८ अंकले बढेर  १२३६.२८ को बिन्दुमा आइपुगेको थियो । त्यसपछि कारोबार बन्द गरिएको थियो । पुनः कारोबार सुरु भएपछि नेप्से परिसुचक बढेको छ । 
आज शेयर कारोबारमा सकरात्मक सर्किट लाग्दा पनि केही कम्पनीको शेयर मुल्य घटेको छ । यो समाचार तयार पार्दासम्म १२९ कम्पनीको कारोबार भएको छ । त्यसमा १४ कम्पनीको शेयर मुल्य घटेको छ । 
आशाको केन्द्र विन्दुमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मुल्य आज पनि घटेको छ । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, कालिका पावर कम्पनी, ओरियण्टल होटेल लिमेटेड, तारागाँउ रेजेन्सी होटेल, स्पर्स लघुवित्त, घोडाघोडी लघुवित्त, सानिमा इक्युटी फण्ड, सानिमा माई हाइड्रो पावर, आशा लघुवित्त, सोल्टी होटेल, बेस्ट फाइनान्स कम्पनी, एनआईबीएल समृद्धि फन्डको शेयर मुल्य घटेको देखिन्छ । कोरोनाका कारण अहिले होटेल क्षेत्र प्रभावित छ । फलस्वरुप नेप्सेमा दर्ता भएका होटेलहरुको शेयर मुल्य पनि नमज्जाले प्रभावित भएको देखिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया